वयोधा अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

11

संतोष रन्जितकार
वीरगंज, ११ पुस ।
पर्साको गण्डकमा रहेको वयोधा नारायणी अस्पतालले वीरगंज बाईफासस्थित तेजस इ·िलस बोर्डि· स्कुलमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको छ । सो कार्यत्रममा अस्पतालका जनरल फिजिसियन डा. अभिषेक सिंह, मेडिसिन डिल्ली एम्सका बालविशेषज्ञ डा. श्रद्धा पन्तले शिविरमा विद्यार्थीहरु अभिभावकहरुलाई चेकजाँच गर्नु भएको थियो । त्यसैगरी डाक्टरहरुको सहयोगीको रुपमा ४ जना नर्सहरु समेत खटेका थिए ।
शिविर निःशुल्क स्वास्थ्यको चेकजाँच गर्नुको साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । सो चेकजाँचमा प्रायः रुघाखोकी लागेको बढी जना भेटिएको थियो भने शिविरमा आएका डाक्टरहरुले सोबाट जोगिने उपायहरु समेत बताएका थिए ।
शिविरमा कक्षा १ देखि १० सम्मका ३०० जना विद्यार्थीहरु तथा २०० जना अभिभावकहरुलाई चेकजाँच गरिएको थियो ।
यसैबीच अस्पतालका मार्केटि· प्रमुख कृष्ण साहले आउने दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइ राख्ने जानकारी समेत गराउनु भएको थियो ।