आइतबारदेखि विद्यालय र कलेजहरु बन्द गर्ने

6

संतोष रन्जितकार
वीरगंज, १३ पुस ।
नेपाल बिधार्थी संघ इकाई समिति तथा जिल्ला कार्यसमितिले संयुक्त रूपमा जिल्ला शिक्षा अधिकृत तथा प्याब्सनको नगर अध्यक्ष लगायत शिक्षासंग आबद्ध सरोकारवालाहरुसंग भेटघाट गरी पर्सा जिल्लाका बिधार्थीहरुले भोग्दै आएको चिसोको पिडालाई मध्यनजर गरी जिल्लाका सम्पूर्ण स्कुलहरुलाई आइतबार देखि बिदा दिने निर्णय र स्कुल कलेजहरुले सो निर्णय नमानेको खण्डमा कार्यवाही समेत गर्ने सहमति झएको हो ।
सो कार्यक्रममा जिल्ला अध्यक्ष बिकाश तिवारी, इकाई समितिको अध्यक्ष मनोज साह, केशव राज घिमिरे लगायतका व्यत्तिहरुको सहभागिता रहेको थियो ।