नागरिक सूचनाको लागि ग्रीनसिटी चौकमा एलइडि टिभि जडान

2

संतोष रन्जितकार
वीरगञ्ज, १३ पौष ।
नागरीक सुचनाको लागि जनचेतनामुलक कार्यक्रम देखाउने उद्देश्यले आइतबार वीरगञ्जको आदर्शनगरस्थित ग्रीनसिटी चौकमा एलइडि टिभि जडान गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत ३६ इन्चीको एलइडी टिभि जडान गरिएको हो । सो टिभिको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वीरगञ्ज बासिको समन्वय र सहकार्यमा निरन्तर रुपमा समाजीक क्रियाकलापहरु सन्चालन गर्न सकेमा वीरगञ्जको मुहार फेरीने र वीरगञ्ज बासिको जिवनस्तर माथि उकास्न सकिने कुरामा जोड दिनुभएको थियो ।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्रले समाजसेवाको क्षेत्रमा छुट्टै पहिचान बनाएर समाजलाई परिवर्तन गर्न सकिने कुराको उदाहरण देखाएर सकरात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । साथै ग्रिनसिटिबाट अरुले पनि अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाही, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक कमलराज पण्डित, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्की, मुर्लि जलान, त्रिलोक दारुका, मुकेश खेतान, कविता खेतान लगायतको उपस्थिती रहेको थियो ।