भारतीय दूतावासद्वारा सिमावर्ती पत्रकारहरुबिच झेटघाट तथा अन्तरक्रिया कार्यत्रम सम्पन्न

27

संतोष रन्जितकार
वीरगञ्ज, १३ पौष ।
भारतिय महाबाणिज्य दुतावास वीरगञ्जको आयोजनामा आइतबार सिमावर्ती पत्रकारहरुबिच झेटघाट तथा अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ ।
भारत र नेपाल बिचको सम्बन्धमा सुधार, सिमावर्ति क्षेत्रमा हुने समस्या तथा चुनौतिहरुको सामनामा सिमा पत्रकारहरुको भुमिका लगायतका समसामयिक बिषयबस्तुको सम्बन्धमा छलफल गरिएको थियो भने सिमा वारपारका पत्रकारहरुबिचको सम्बन्ध सुधारका लागि झेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यत्रममा भारत र नेपालको सम्बन्धमा भुमण्डलीकरणको प्रभाव बारेमा भारत जयनगर मधुवनीका प्रभात खबर ब्युरो प्रमुख ललित झाले प्रकाश पार्नुभएको थियो । यसैबीच हिमालीनी हिन्दी पत्रिकाकी प्रमुख सम्पादक डा. श्वेता दिप्तीले भारत नेपालको सम्बन्धमा आएका तरंगहरुको समाधानका उपायहरुको बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा द्विपक्षिय पदोन्नतीमा भारत र नेपालको भौगोलिय आत्मीयताको शक्तिको बारेमा आजतक न्युजका सम्पादक सुजित कुमार झाले मनतव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी भारतीय दुतावासका डा. कोत्रा स्वामीले अवैध व्यापार नियन्त्रणमा पत्रकारको भुमिकाको बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रममा सिमा क्षेत्रमा हुने चुनौतिहरु र खोजी पत्रकारीता, रोटी बेटीको सम्बन्धलाई दिगो पना राख्न, भारत र नेपालको सम्बन्धलाई अँझै भनिष्ट बनाएर एक अर्काको परिपुरक बनाउने लगायतका बिषयबस्तुमा भारत र नेपालको सिमा क्षेत्रमा रहेका पत्रकारहरु बीच बृहत छलफल भएको थियो । सो कार्यक्रममा कार्यवाहक बाणिज्य दुतावास रमेश प्रसाद चतुर्वेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।