युवा वचन र समाज परिवर्तन संस्थाद्वारा कम्बल बितरण

10

संतोष रन्जितकार
वीरगंज, १३ पुस ।
युवा वचन नामक संस्थाले वीरगंजको विभिन्न स्थानमा रहेका गरिब, असहायहरुलाई कम्बल वितरण गरेको छ । रात्रीकालिनको समयमा सडकको पेटीमा रहेका गरिब असहायहरुलाई जाडोबाट बच्नको लागि कम्बल, म्याट, चाउचाउ, बिस्कुट र पानी बितरण गरेको हो । शनिबार राती ९ बजे देखि १ बजे सम्म आदर्शनगर देखि वीरगंज भन्सार एरिया सम्ममा रहेका खुल्ला आकास मुनि बसेका असहाय, गरिबहरुलाई संस्थाका अध्यक्ष पियुष कादमियाको नेतृत्वमा गएको टोलीले सो सामानहरु बितरण गरेको थियो ।
सो कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, सामाजिक अभियन्ता ओमप्रकाश सरार्फ, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, मानव सेवा आश्रम वीरगंजका दिवेश गुप्ता, सन्चारकर्मी अजित भुजेल, जाकिर हुसेन लगायतको सहभागीता रहेको थियो । सो कम्बल बितरण कार्यक्रम ५ दिन सम्म चल्ने कादमियाले जानकारी गराएका थिए ।
त्यसैगरी समाज परिवर्तन नेपालद्वारा वीरगंज महानगरपालिका वडा नं १२ र १३ नयाटोलमा गरिब असाहयहरुलाई कम्बल बितरण गरेको छ । समाज परिवर्तन नेपाल संस्थाका अध्यक्ष अकलेश साहको नेतृत्वमा कम्बल बितरण गरिएको हो । तराई जिल्लाहरुमा अहिले बढदै गएको शितलहरीका कारण गरिब, असहायहरुको लागी न्यानो कम्बल बितरण गरिएको अध्यक्ष साहले बताए । कम्बल बितरण कार्यक्रममा महम्मद कलाम, नसरुदिन अन्सारी, शेख सम्सुल हक, सलाम शेख, महमुद अन्सारी, कलिम अन्सारी, दाउद अन्सारी, अलि अन्सारी, रस्मुदिन अन्सारी, सुधु सोनार, नसरुदिन अन्सारी लगायतको उपस्थिति रहेको थियो ।