महिला उधमशीलताको विकासमा स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया सम्पन्न

11

संतोष रन्जितकार
वीरगंज, १४ पुस ।
महिला उधमशीलताको विकासमा स्थानीय सरकार र निजी क्षेत्रको भुमिका र सहकार्य विषयक अन्तरक्रिया गोष्ठी वीरगंजको होटल भिस्वामा सम्पन्न भएको छ । बीरगन्ज उधोग वाणिज्य संघको आयोजना र हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको सहकार्यमा सोमबार भएको गोष्ठीमा २६ वटा पालिकाका उपमेयरहरुको सहभागीता रहेको थियो । सो गोष्ठीको बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उदघाटन गर्नु भएको थियो । उद्घाटन गर्दै नगरप्रमुख सरावगीले संविधानले दिएको सैवधानिक अधिकार प्रयोग गरेर अगाडि बढनुपर्ने धारणा व्यक्त गर्नुझएको थियो ।
अन्तरक्रिया कार्यत्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाल उधोग वाणिज्य संघका अशोक बैध, निजगढका नगरप्रमुख सुरेश खनाल लगायतले मनतब्य व्यक्त झएको थियो । सो अन्तरक्रिया तथा गोष्ठी कार्यत्रम बीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा समपन्न भएको थियो ।