युवा वचन संस्थाद्वारा दोस्रो दिन पनि कम्बल बितरण

20

संतोष रन्जितकार
वीरगंज, १४ पुस ।
युवा वचन संस्था बिरगंजद्वारा आइतबार राती दोस्रो दिन पनि बीरगंजमा फुटपाटमा रहेका गरिब, असहायहरुको लागी कम्बल, म्याट, चाउचाउ, बिस्कुट र चिया बितरण गरेको छ ।
आइतबार बेलुकी ९ः३० बजे देखि ११ः३० बजे सम्म आदर्शनगरदेखि घण्टाघर, नया बसपार्क, बाईपास, प्रतिमा चौक, पावर हाउस चौक, मुर्ली चौक लगायतका स्थानमा रहेका खुल्ला आकास मुनि बसेका असहाय, गरिब, रिक्सा चालकहरुलाई कम्बल, म्याट, चाउचाउ, बिस्कुट र चियाको समेत व्यवस्था गरेको थियो ।
त्यसैगरी अन्तिममा नारायणी अस्पतालमामा रहेका बिरामी कुरुवाहरुलाई पनि कम्बल, म्याट, चाउचाउ, बिस्कुट र चिया बितरण गरेको थियो । युवा वचन बिरगंज संस्थाका संयोजक पियुष कादमियाको नेतृत्वमा गएको टोलिहरुमा मानव सेवा आश्रम वीरगंजका दिवेश गुप्ता, भोलेन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तव, सचिब श्याम सरार्फ, किशु सरार्फ, कमलेश कुशवाहा, दिलपाल साह, बिक्की सरार्फ, आस्था नेपाल पुर्न्स्थापना केन्द्र वीरगंजका अजित राई, युवा वचन संस्थाका हर्ष कादमिया, रिषभ अग्रवाल, सन्चारकर्मी अजित भुजेल, जाकिर हुसेन र वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी सहायक निरीक्षक रामदरेश यादवको टोलीहरुको सहभागीता रहेको थियो ।
कम्बल बितरण कार्यक्रम ५ दिनसम्म चल्ने संस्थाका अध्यक्ष कादमियाले जानकारी गराएका थिए ।