स्वर्गीय राजा बीरेन्द्रको ७५ औं जन्मजयन्ती मनाइयो

41

संतोष रन्जितकार
बीरगंज १४ फुस ।
स्वर्गीय राजा बिरेन्द्र बिर बिक्रम शाहको ७५ औ जयन्ती एवं श्रद्धाञ्जली कार्यत्रम एक समारोहका बीच बीरगंजमा मनाइएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले वीरगंजको प्रतिमा चोकमा रहेको स्वर्गीय राजा बीरेन्द्र शाहको शालिकमा माल्यार्पण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी समाजसेवी एवं राष्ट्रवादी पशुपति बिक्रम शाहले स्वर्गीय राजा बीरेन्द्र शाहको शालिकमा माल्यार्पण गर्दै देशलाई डुबाउन तर्फ नेताहरु लागि परेको बताउनु भयो । वहाँले बर्तमान अवस्थामा देशको निकास एवं शान्ति कायम गर्नका निम्ती राजसंस्था बाहेक कुनै बिकल्प नदेखिएको भन्दै बर्तमान सरकार ख्रिष्टियनको इसारामा चलिरहेको बताउनु भयो ।
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका कार्यवाहक अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी उषा शाह, सरोकार मंचका सचिव मकबुल मियाँ बरही, प्रेस संयोजक प्रणय कुमार, जिल्ला अध्यक्ष सुनिल यादव, नगर अध्यक्ष उपेन्द्र बरै, ज्ञानी प्रसाद कुर्मी, राजदेव राउत कुर्मी लगायत स्थानियबासी, समाज सेबी, भद्रभलादमी र पत्रकारहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको श्रीमती शारधा गोयलको ६८ बर्षको उमेरमा निधन भएकोमा दुःख फ्रकट गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण अरुण बित्रम शाहले गर्नु भएको थियो । बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो । तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबारका दिन नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो ।