अभिनयप्रतिको गहिरो लगाव रहेकी थापा ग्लेमर्स क्षेत्रमा प्रवेश

15

संतोष रन्जितकार
वीरगंज, १५ पुस ।
अभिनयप्रतिको गहिरो लगाव एवं रहरका कारण मञ्जु थापा क्षेत्री ग्लेमर्स क्षेत्रमा प्रवेश गरेकी छिन् । सुर्खेतकी २१ वर्षीया मञ्जु म्युजिक भिडियो तथा चलचित्रमा आफ्नो रुचि रहेको बताउँछिन् । ५ फिट ३ इञ्च उचाइकी मञ्जुले हालसम्म आधा दर्जन गीतमा मोडलिङ गरिसकेकी छिन् । हाल उनी नेपाली चचित्र ॅफाटेको मन’ को सुटिङमा ब्यस्त छिन् ।
हाल राजधानीमा स्नातक तेस्रो बर्षमा अध्ययनरत मञ्जु फुर्सदको समयमा साथीहरूसँग घुम्न, फोटो खिच्न, रमाइलो गर्दै समय बिताउन मन पराउँछिन् । मोडलिङमा सक्रिय रहेकी मञ्जुलाई परिवार एवं आफन्तको दरिलो साथ एवं सहयोग रहेको छ ।
सानैदेखि मोडल बन्ने उद्देश्यका साथ लागिपरेकी मञ्जु आफ्नो सपना पूरा हुने कुरामा समेत विश्वस्त छिन् । ॅमेरो परिवारको सहयोग र प्रेरणाले नै आज यो अवस्थामा आइपुगेकी छु,’ उनले भनिन् । २०५७ सालमा सुर्खेतको दैलेखमा जन्मेकी तर हाल काठमाण्डौं अनामनगर बसिरहेको थापाले जानकारी गराइन् ।