भ्रमण वर्षको अवसरमा विदेशी पाहुनाहरुको उपचार वीरगंज हेल्थ केयरले निःशुल्क गर्ने घोषणा

7

संतोष रन्जितकार
वीरगंज, १५ पुस ।
वीरगंज हेल्थ केयर अस्पतालले मंगलबार आफ्नो बैठक कक्षमा डा. अबुलहैस अंसारीको अध्यक्षतामा पक्रकार सम्मेलनको आयोजना गरेको छ । सो कार्यत्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान रहनु भएको थियो ।
अध्यक्ष चौहानले ॅट्रिटमेन्ट एण्ड टुरिज्म’ को अवधारणा विकास हुंदै गइरहेको वर्तमान परिवेशमा भ्रमण वर्षलाई मध्यनजर गरी अस्पतालले चालेको कदम सराहनीय रहेको बताउनु भयो । उनले विदेशीहरुसंग टुरिस्ट भिसा भएपनि भारतबाट आउनेहरुको भिसा नहुने भन्दै भारतबाट आउने वास्तविक पर्यटकहरुको पहिचान गरी उनीहरुलाई पनि अस्पतालले सेवा प्रदान गर्ने सुझाव दिनुभयो ।
वीरगंज हेल्थ केयरले २०२० भ्रमण वर्षलाई प्रदेश नं. २ मा सफल बनाउन भन्दै अस्पतालले टुरिस्ट भिसामा आएका पाहुनाहरुलाई आकस्मिक अैँषधी उपचार खर्च निःशुल्क गर्ने भनी घोषणा गरेको छ । प्रदेश मै पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखी आकस्मिक उपचार सेवा निःशुल्क गर्ने घोषणा गरेको पहिलो अस्पताल हो । जनवरी १ तारिख देखि नेपालमा पर्यटन वर्ष शुरु हुंदैछ । यसैबीच आगन्तुक विदेशी पाहुनाहरुलाई सेवा र उपचारमा कुनै कठिनाई नहोस् र नेपाल सरकारले चालेको कदममा सहयोग पुगोस भन्दै यस्तो उपचारको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष अबुलहैस अंसारीले जानकारी दिएका छन् । प्रदेश नं. २ कै आधुनिक गुणस्तरीय सेवा सुविधा दिने अस्पताल भएको भन्दै अस्पतालले ल्याएको सो योजनाले भ्रमण वर्षको प्रवर्द्धनमा धेरै नभए थोरै भएपनि योगदान दिनेछ भनी विश्वास लिएका छन् । आधुनिक प्राविधिबाट सुलभ सेवा प्रदान गर्दै आएको अस्पतालले गरिब विपन्न नागरिकको उपचारमा विशेष सहुलियत दिंदै आएको छ । हेल्थ केयर अस्पतालले स्थापना कालदेखि नै तराईका विभिन्न जिल्लाहरुमा मात्रै नभई छिमेकी मुलुक भारतको बिहार राज्यको बिरामीहरुको सेवा गर्दै आइरहेको भनाई अस्पतालको अध्यक्ष अंसारीको रहेको छ । यता अस्पतालले केही समयदेखि न्युरो सर्जरी मार्फत ब्रेन ट्युमर, स्पाइन्को, सहुलियत दर र सफल शल्यक्रियासंगै मुटुरोगको एनजिओ ग्राफी, एनजिओ प्लाष्ट जस्ता जटिल रोगको उपचार वीरगंजमै सम्भव बनाएको छ ।
हेल्थ केयर अस्पताल अहिले नेपाल सरकारको विपन्न नागरिक उपचार सेवा कार्यक्रममा पनि जोड दिन समेत सफल भएको छ । जसअन्तर्गत आर्थिक कमजोर रहेका नेपाली नागरिकले मुटुरोग, हेड इन्जुरी र इस्पाइलन इन्जुरीको उपचारमा लागेको खर्चमा १ लाख सम्मको छुट दिंदै आएको साथै अस्पतालबाट हर्ट ब्लकेज, टाउकोमा गम्भिर चोट लागेको बिरामीले १ लाख सम्मको छुटका सुविधा लिइरहेको समेत जानकारी गराए । सो कार्यक्रमको संचालन अस्पतालको मेट्रोन विभागकी भुमिका अधिकारीले गरेकी थिइन् ।