युवा वचन संस्थाद्वारा गरिब तथा असहायहरुलाई कम्बल वितरण

14

संतोष रन्जितकार
वीरगंज, १५ पुस ।
युवा वचन संस्था बिरगंजद्वारा सोमबार राती तेस्रो दिन पनि बीरगंजमा फुटपाटमा रहेका गरिब, असहायहरुको लागी कम्बल, म्याट, चाउचाउ, बिस्कुट र चिया बितरण गरेको छ ।
आइतबार बेलुकी ९ः३० बजे देखि ११ः३० बजे सम्म आदर्शनगर देखि घन्टाघर , दुई नम्बर रोड , कुम्हालटोल , बिर्ता , अलखियामठ लगायतका स्थानमा रहेका खुल्ला आकास मुनि बसेका असहाय, गरिब, रिक्सा चालकहरुलाई कम्बल, म्याट, चाउचाउ, बिस्कुट, पानी र चियाको समेत व्यवस्था गरेको थियो ।
त्यसैगरी अन्तिममा नारायणी अस्पतालमामा रहेका बिरामी कुरुवाहरुलाई १५ पिस कम्बल, म्याट, चाउचाउ, बिस्कुट र चिया बितरण गरेको थियो । युवा वचन बिरगंज संस्थाका संयोजक पियुष कादमियाको नेतृत्वमा गएको टोलिहरुमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमलराज पन्डित, मानव सेवा आश्रम वीरगंजका दिवेश गुप्ता, भोलेन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तव, सचिब श्याम सरार्फ, किशु सरार्फ, कमलेश कुशवाहा, दिलपाल साह, बिक्की सरार्फ, युवा वचन संस्थाका हर्ष कादमिया, रिषभ अग्रवाल, सन्चारकर्मी अजित भुजेल र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरीहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी साहिब दरबार सेवा संस्थान, चैरीटेबल ट्रस्ट नेपालको थ्यगलन ध्ष्लनक द्धारा बीरगंजमा बढेको चिसो र शीतलहरलाई मध्यनजर गरी कम्बल र जैकेट वितरण गरेको छ । रातीको समयमा बीरगंजको सडक पेटीमा जीवनयापन गरीरहेका असमर्थ मानिसहरुलाई यस्तो कठिन चिसो रातमा केही सहजता प्रदान गर्नको लागि नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेट हुंदै नगवा, बसपार्क, लिंकरोड, घण्टाघर, मुर्ली चौंक, पावर हाउस, रानीघाट, पानीटंकी, नेशनल मेडिकल र रेल्वेरोड लगायत स्थानका सडक पेटीमा भेटेका मानिसहरुलाई कम्बल बितरण गरेका थिए । वितरण कार्यक्रममा अयुब मियाँ, रूपेश मान सिंह, लियाकत अली, अफरोज आलम र महासचिव उमेशलाल सहनी रहेका थिए ।