पर्यटन बर्ष २०२० को अवसरमा पनि भिस्वा डाडा उदासिन

34

संतोष रन्जितकार
वीरगंज, १६ पुस ।
पर्यटन बर्ष २०२० देशभरी मनाई रहदा वीरगंजमा पनि बुधबार भिजिट मधेस, व्यवस्थित बिरगंजको सहकार्यमा प्रभात फेरि कार्यक्रमको आयोजना सम्पन्न गरिएको छ । सो कार्यक्रममा बिरगंजका विभिन्न संघसस्थाहरुको उपस्थिति रहेतापनि बिरगंजको पर्यटकिय स्थल भिस्वा डाडा उदासिन रहेको थियो । भिस्वा डाडा जहा नेपालमा जन्मेको बुद्ध भनी गर्व गर्ने देशवाशिले आज त्यस डाडामा कार्यक्रमहरु भइरहंदा पनि उजाड तथा सरसफाइ समेत नहुनुको साथै भगवान बुद्धको शालिक र मन्दिर वरपर र·रोगन गर्न समेत सम्बन्धित निकायको ध्यान नजानु, यता भने ठुल–ठुला भाषण दिने नेता, सम्बन्धित निकाय र संघसस्था भएपनि यो कस्तो बिडम्वना ? नामको लागी मात्र सम्बन्धीत निकाय तथा संघसंस्थाले यति पर्यटक भित्र्याउछु भन्दै भाषण दिने तर पर्यटकिय स्थल भने उजाड, फोहोर र कुरुप देखिने हुदा सो लाई सुधार गर्नु पर्ने देखिन्छ ।