वीरगंज पब्लिक कलेजद्वारा मिनी म्याराथुन प्रतियोगिता सम्पन्न

34

संतोष रन्जितकार
वीरगंज, १६ पौष ।
वीरगंज पब्लिक कलेजले सप्ताह व्यापी खेलकुद कार्यक्रम अन्तर्गत बुधबार मिनी म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ । सो प्रतियोगितामा छात्र तर्फबाट सन्दिप पटेल प्रथम भएका थिए भने दोस्रोमा महमद कुमालन अन्सारी र तेस्रो रन्जित कुश्वाहा भएका थिए । त्यसैगरी छात्रा तर्फबाट प्रथम उषा साह, दोस्रो समरिधी श्रेष्ठ र वैशनबी झाले तेस्रो स्थान हासिल गरेकी थिइन् । मिनी म्याराथुन प्रतियोगितामा वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बैलुन उडाएर दौड सुरु गर्नु भएको थियो ।
बिहान् ७ बजे देखी गहवामाई मन्दिर अगाडिबाट सुरु भएर घडिअर्वा पोखरी, कैलास होटल, मकालु होटेल, आदर्शनगर, माईस्थान, घन्टाघर, भारतीय दूतावास हुदै बिरगंज ईन्स्टिच्युट एफ मेनेज्मेन्ट (द्यक्ष्)ः पानीटंकी स्थित नया बिल्डि·मा पुगि दौड पुरा भएको थियो । दौड प्रतियोगितामा छात्र, छात्रा गरी ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्य, कलेज व्यवस्थापन प्रमुख संकल्प शाक्य, कलेजका हरि तुलाधर, शंकर श्रेष्ठ, ट्राफिक प्रहरीहरु, सन्चारकर्मी अजित कुमार भुजेल, सुनिल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
बिजेता विद्यार्थीहरुलाई १९ गते शनिबार समापन कार्यक्रममा पुरस्कार दिने संकल्प शाक्यले जानकारी दिनु भएको थियो । भोलि बिहीबार नारायणी रंगशालामा बिहान ७ बजे देखी एथलेटिक्स, क्रिकेट तथा फुटबल खेल हुने जानकारी गराएका थिए ।