अज्ञात समुहद्वारा दुई वटा मोटरसाइकलमा आगजनी

13

सत्येन्द्र प्रताप सिंह
रौतहट, १७ पुस ।
रौतहटको सदरमुकाम गौरमा बुधवार बिहान करिब ५ बजेको समयमा अज्ञात समूहले २ वटा मोटरसाइकलमा आगजनी गरेको छ । सदरमुकाम गौर वडा नं ५ का स्थानीय मनोज झाको घरको सटर काटेर अज्ञात समूहले ना ४० प ५७३१ नम्बरको सरकारी सुपर स्पेलेण्डर तथा बा ३२ प १४८ नं को पल्सर निजी मोटरसाईकल गरी २ थान सवारी साधनमा आगजनी गर्दा पुर्णरुपमा क्षतिग्रस्त भएको छ । श्रोतका अनुसार झा माधव नारायण नगरपालिका वडा नं ५ का सचिव हुन ।
मोटरसाईकल क्षतिग्रस्त संगै सचिवको घरमा पनि सामान्य क्षति भएको छ भने घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले घटनाबारे जानकारी पाउँदा प्रहरी पछाडि नहटने र यसमा गम्भीर अनुसन्धान गर्ने प्रहरीले जनाएको थियो ।