युवा वचन संस्थाद्वारा सामुदायिक सेवा केन्द्रलाई कम्बल हस्तान्तरण

17

संतोष रन्जितकार
वीरगंज, १७ पुस ।
वीरगंज कुम्हाल टोल सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीलाई युवा वचन संस्थाले गरिब, दलित तथा विपन्न वर्गका व्यक्तिहरुको लागि कम्बल हस्तान्तरण गरेको छ । सो संस्थाले जाडोबाट कठ्याङ्ग्रिएर बसेका दलित, गरिब असहाय, विपन्न तथा वृद्धवृद्धाहरुलाई जाडोको समयमा केही सहयोग होस् भनी कम्बल वितरण गर्नको लागि सामुदायिक सेवा केन्द्रका संरक्षक प्रदिप चौरसियालाई २५ थान कम्बल हस्तान्तरण गरेको छ । सो कार्यक्रम वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुको प्रमुख आतिथ्यमा युवा वचनका अध्यक्ष पियुष कादमियाले सामुदायिक सेवा केन्द्रलाई हस्तान्तरण गरेको थियो ।
त्यसैगरी वीरगंजका उत्तम अग्रवालले २५ थान कम्बल सामुदायिक सेवा केन्द्र कुम्हालटोललाई हस्तान्तरण गरेका थिए भने प्रमोद चौधरीले २५ थान कम्बल, शिव गोयलले १० थान कम्बल, भारतको बिहार रक्सौल बासी अजय हिचारियाले ५ थान कम्बल हस्तान्तरण गरेका थिए भने कुल कम्बल ९० थान रहेको सामुदायिक सेवा केन्द्रका प्रहरी जवान कुमार विकले जानकारी दिएका थिए । सो सामुदायिकले प्राफ्त गरेको कम्बलहरु शुक्रबार वितरण गर्ने सामुदायिकका अध्यक्ष रमेश चौधरीले बताएका थिए ।
कार्यत्रममा युवा वचनका शुभम केडिया, सामुदायिक सेवा केन्द्रका उपाध्यक्षद्वय सियाराम नेपाली र सन्ध्या भट्ट, कोषाध्यक्ष सम्झना मल्ल, मुना दाहाल, रामरेखा राउत, इन्दिरा पोखरेल, भवानी घिमिरे, प्रहरी जवान सुनिता विक लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।