अतिक्रमित जग्गाको खोजीमा सहयोग गर्न आग्रहः आयोग

2

वीरगञ्ज, १८ पुस (रासस) ः
नेपाल सरकारद्वारा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझm आयोग–२०७६ ले अतिक्रमित सार्वजनिक जग्गाको खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । आयोगद्वारा आज वीरगञ्जमा आयोजित अन्तरत्रिया कार्यक्रममा आयोगले कुन ठाउँमा, कहाँ, कति ? सरकारी जग्गा अतिक्रमण भएको छ यसबारे जानकारी दिन राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित कार्यालयका प्रमुख तथा सञ्चारकर्मीलगायत सबैसँग आग्रह गरेको हो । कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदीले वीरगञ्जको आदर्शनगरस्थित हजारी मल धर्मशालाको जग्गा अतिक्रणमा ट्रष्टीहरु नै लागेकाले सो धर्मशालाको जग्गा संरक्षण गरी सरकारले आफ्नो मातहतमा लिनुपर्ने बताउनुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सार्वजनिक सम्पक्ति अतित्रमण गरी आफ्नो नाममा लिने व्यक्तिबारे उजुरी आएका सम्बन्धित व्यक्ति र जग्गा नामसारी गर्ने कर्मचारीलाई कारवाही गर्ने बताउनुभयो । आयोगका सदस्य जानकीबल्लभ अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहभागीहरुले संविधानले सरकारी जग्गा संरक्षण गर्ने जिम्मा स्थानीय सरकारलाई समेत अधिकार दिएकाले अतिक्रमणमा परेका जग्गाको अभिलेख राखी संरक्षण गर्नुफर्ने र जग्गा अतिक्रमण गरी बित्री वितरण गर्नेलाई कानूनको दायरामा ल्याएर कारवाही गर्नुपर्नेलगायत सुझाव दिएका थिए । आयोगका सदस्य जानकीबल्लभ अधिकारीको नेतृत्वमा आएको टोलीमा सदस्यद्वय दुर्गाकुमारी दाहाल र जगतबहादुर देउजा रहनुभएको छ ।