अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको बैठक सम्पन्न

56

संतोष रन्जितकार
वीरगंज, १९ पुस ।
तत्कालिन नेकपा एमाले निकट अनेरास्ववियु र तत्कालिन नेकपामा माओबादी निकट अनेरास्ववियु (क्रान्तिकारी) को एकता पछि बनेको अनेरास्ववियुको केन्द्रिय समिति ३ सय ३५ सदस्यीय भएको छ ।
साविक अनेरास्ववियुबाट एक सय ८० जना र साबिक अनेरास्ववियु (क्रान्तिकारी) बाट एक सय ५५ जना प्रतिनिधित्व हुने गरी अनेरास्ववियुको केन्द्रिय कमिटिको टुंगो लागेको हो ।
जुन समितिमा पर्साबाट प्रभाकर गुप्ता, शिवम साह र मोहमद जुबेर आलम मनोनित भएका छन् । तिनै जना साबिक अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थी नेता हुन् । साबिक अनेरास्ववियु पर्साबाट केन्द्रिय सदस्यमा एक जना पनि परेका छैनन् । अनेरास्ववियुका फ्याक्सन ईन्चार्ज हितमान शाक्य, सह इन्चार्ज बिनोद ढकाल, संयोजक एन महर र सह–संयोजक रंजित तामाङको उपस्थितमा बिहिबार बसेको फ्याक्स समितिको बैठकले केन्द्रिय समितिको टुंगो लगाएको हो । त्यसैगरी सो बैठकले केन्द्रिय कमिटिको सचिवालय एक सय ११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय मनोनित भएको छ ।