छपकैया सामुदायिक सेवा केन्द्रद्वारा बालसुधार गृहमा कम्बल वितरण

31

संतोष रन्जितकार
वीरगंज, १८ पुस ।
समुदाय प्रहरी साझmेदारी कार्यक्रम अन्तर्गत शुत्रबार सामुदायिक सेवा केन्द्र तथा सामुदायीक प्रहरी छपकैयाले बाल सुधार गृहमा कम्बल वितरण गरेको छ । सो कम्बल वितरण कार्यक्रम वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको प्रमुख आतिथ्यमा र सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा श्रीराम पिक्चर प्यालेसका संचालक रामदेव प्रसाद कलवारको श्रीमती गौदमिया देवीको सहयोगमा शुक्रबार वीरगंज महानगरपालिका वडा नं. ४ बिर्ता स्थित बाल सुधार गृहमा १०७ पिस कम्बल बितरण गरेको हो ।
तराईमा बढदै गरेको चिसोको कारण बालसुधार गृहमा रहेका बालबालिकाहरुलाई केही राहत प्रदान गर्नको लागि कम्बल बितरण गरिएको अध्यक्ष ठकुराईले जानकारी दिनु भएको थियो ।
कम्बल बितरण कार्यक्रममा कलवार परिवारका सदस्यहरु लक्ष्मण प्रसाद कलवार, हरिवंश प्रसाद कलवार, पप्पु कुमार गुप्ता, सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सचिव प्रबिण बिक्रम शाह, सदस्य अजित कुमार भुजेल, सर्वराष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक सम्पादक एवं सामुदायिक सेवा केन्दका सल्लाहकार महेशचन्द्र गौतम, राईजि· वीरगंज नेपालका अध्यक्ष आरजु, बालसुधार गृहका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर प्रसाद यादव, छपकैया प्रहरी बिटका प्रहरी सहायक निरीक्षक कुलदिप कुमार कर्ण, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन सामुदायिक सेवा केन्द्र छपकैयाका सदस्य एवं संचारकर्मी अजित भुजेलले गर्नु भएको थियो ।