द ब्रोदर ग्रुप जेन्स पार्लरको दोस्रो शाखा सञ्चालनमा

19

संतोष रन्जितकार
वीरगंज, १८ पुस ।
बीरगंजमा सुविधा सम्पन्न जेन्स पार्लर सञ्चानमा ल्याईएको छ । एक वर्ष अगाडी बीरगंजको घण्टाघरमा सञ्चालनमा ल्याईएको द ब्रोदर ग्रुपको जेन्स पार्लरको शुक्रबार दोस्रो शाखा बीरगंजको पानीटंकी चोकमा सञ्चालनमा ल्याईएको हो ।
पार्लरको उद्घाटन गर्दै तरुण दल बाराका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी लोकेश सिंहले युवाहरुलाई आफ्नै देशमा केही गर्न सकिन्छ भनेर यो राम्रो उदाहरण भएको बताउनु भयो । उहाँले सानो–सानो काम गर्न नेपालीहरुले मन नगर्ने तर बिदेशमा गएर जस्तो सुकै काम गर्न पनि तयार हुने कारणले गर्दा नेपाली युवा बेरोजगार हुन परेको बताउनु भयो ।
अध्यक्ष सिंहले सानो–सानो काममा मन लगाएर गर्न सके त्यसबाट धेरै आम्दानी गर्न सकिने भएकाले यस्ता काममा युवाहरुको मनजानु पर्ने बताउनुभयो । बीबीएस पढ्दै गरेका युवाहरुले दिउँसोको खाली समयमा काम गरेर आफ्नो पढाई खर्च जोहो गर्नु आफैमा निकै गौरवको बिषय भएको बताउदै उहाले तन मन धन लगाएर ईमानदारीताका साथ व्यवसाय गर्न आग्रह गर्नुभयो ।
पार्लरमा मसाज देखि कपाल काट्ने, कपालमा कलर गर्ने, मेकअप लगायत सबै खाले सुविधा रहेको पार्लरका प्रोपाईटर रिशाल रमन साहले जानकारी दिनुभयो । उहाँले पार्लरबाट अत्याधुनिक प्रविधि मार्फत सेवा प्रदान गरिने बताउदै एक पटक आफनो पार्लरमा आएर सेवा लिन समेत आग्रह गर्नुभयो । द ब्रोदर ग्रुपमा विपनी गुप्ता, राजेश ठाकुर लगायत बीबीएस अध्ययन गर्दै गरेका दश जना युवाहरुले रोजगारी पाएका छन् । आज भएको उद्घाटन कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह, परवानीपुर गाउँपालिकाका सदस्य सञ्जु साह, तरुण दल बाराका क्षेत्रीय सभापति राज किशोर गुप्ता लगायतको सहभागिता रहेको थियो ।