नेशनल इन्फोटेक कलेजद्वारा सप्ताह खेल अन्तर्गत क्रिकेट र फुटबल प्रतियोगिता सम्पन्न

6

संतोष रन्जितकार
वीरगंज, १८ पुस ।
वीरगञ्ज स्थित नेशनल इन्फोटेक कलेजको खेल सफ्ताह कार्यक्रम अन्तर्गत शुत्रबार क्रिकेट र फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
आज सम्पन्न फूटबल प्रतियोगितामा कक्षा १२ को बायोलोजी तर्फका विद्यार्थी तथा फिजिकल तर्फका विद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो । जसमा बायोलोजी तर्फका खेलाडीहरुले गरेको १ गोलको जवाफमा फिजिकल तर्फबाट ४ गोल गरेर बिजयी भएका थिए । यस प्रतियोगितामा फिजीकल तर्फका प्रशान्त ठाकुर म्यान अफ दि म्याच घोषित भएका थिए ।
त्यसैगरी अर्को प्रतियोगिता कक्षा ११ को बायोलोजी र फिजिकल विषय अध्ययनरत विद्यार्थीहरु विच भएको थियो । यस प्रतिस्पर्धामा बायोलोजीको १ गोलको विरुद्ध ३ गोल गर्दै फिजिकल समूह विजयी भएको थियो । यस प्रतियोगितामा म्यान अफ द म्याच अखिलेश चौधरी भएका थिए । शनिबार दूबै समूहको फाइनल प्रतिस्पर्धा हुनेछ ।
यस्तै कलेजको कक्षा ११ र १२ छात्रा समूहको सम्पन्न फाईनल क्रिकेट प्रतियोगितामा कक्षा १२ विजयी भएको छ । १० ओभरको खेलमा कक्षा १२ ले ६५ रनको स्कोर खडा गरेको थियो । जसमा साक्षी कर्णको ४८ रनको ठूलो योगदान रहेको थियो ।
६६ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कक्षा ११ का विद्यार्थीहरुको टिम भने ४५ रनमै अल आउट भएको थियो ।
त्यसैगरी छात्र समूहको फाईनल क्रिकेट प्रतियोगिता अन्तर्गत कक्षा ११ र कक्षा १२ विच सम्पन्न खेलमा कक्षा १२ ले २० ओभरको खेलमा जम्मा १४६ रन बनाउन सफल भएको थियो । जसमा कक्षा ११ का एकलाकुल हसनले सर्वाधिक ३७ रनको योगदान दिएका थिए ।
१४७ रनको लक्ष्य लिएर मैदानमा उत्रेका कक्षा ११ का खेलाडीहरुले निर्धारित ओभर अगावै १८.५ औभरमै लक्ष्य भेटाउन सफल भएका थिए । यो खेलमा सर्वाधिक ५६ रनको योगदान दिएका अभिनन्दन पटेलले म्यान अफ दि म्याचको उपाधी उचालेका थिए ।