संतोष रन्जितकार
वीरगंज, १९ पुस ।
बीपीसी कलेजद्वारा सप्ताह व्यापी खेल प्रतियोगिताको शनिबार अन्तिम दिन तथा समापन समारोहमा बिजेता टिमहरुलाई पुरस्कार र सांगेतिक प्रतियोगिताको आयोजना गरिएको छ । सो कार्यक्रम आदर्शनगरस्थित आदर्श स्कुलको प्रा·णमा बीपीसी कलेजका क्याम्पस प्रमुख बिनय श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि एनएमबी बैंकका प्रबन्धक दिपेन्द्र मिश्रा रहनु भएको थियो ।
कलेजद्वारा आयोजित सप्ताह व्यापी कार्यक्रममा विभिन्न खेलमा बिजेता भएका टिमहरुलाई शनिबार पुरस्कार वितरण गर्नुको साथै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
आज भएको सांगेतिक प्रतियोगितामा छात्रातर्फ निशाराज भण्डारी प्रथम भएकी थिइन् भने दोस्रोमा सपना साह र मन्जु यादव तेस्रो भएकी थिइन् । त्यसैगरी छात्रतर्फ धर्मराज कुशवाहा प्रथम भएका थिए भने दोस्रोमा आयुष उपाध्याय र सुनिल श्रेष्ठ तेस्रो स्थान हासिल गरेका थिए । सो सांगेतिक प्रतियोगिताको जजमेन्ट ध्रव सिंह ठकुरी र रमेश परियारले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी, नेपाल रेडक्रस सोसाइटी पर्साका उपाध्यक्ष मधु राणा, गौतम स्कुलका निर्देशक सोनम लामा, डा. मनोज गुप्ता, समाजसेवी जवाहरलाल साह, बीपीसी कलेजका प्रधानाध्यापक हरि तुलाधर, बीपीसीका शंकरमान श्रेष्ठ, अरबिन्द श्रेष्ठ, युगल किशोर साह, कार्यक्रम निर्देशक संकल्प शाक्य, बासु कर्ण लगायत विद्यार्थी, शिक्षक–शिक्षिका र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।