वीरगंज पब्लिक कलेजद्वारा फुटबल, क्रिकेट, दौड र हैण्डबल प्रतियोगिता सम्पन्न

10

संतोष रन्जितकार
वीरगंज, १८ पुस ।
वीरगंज पब्लिक कलेजले सप्ताह व्यापी खेलकुद कार्यक्रम अन्तर्गत नारायणी रंगशालामा फुटबल, क्रिकेट र दौड प्रतियोगिता सम्पन्न गरेको छ । क्रिकेट खेलको फाईनलमा बिबिएस र प्लस २ मर्निङ बीच भएको खेलमा प्लस २ मर्निङ बिजेता भएको थियो भने १०० मिटर दौड प्रतियोगितामा छात्रा तर्फबाट आयुषा डंगोल प्रथम भएका थिए भने दोस्रो प्रजिशा डंगोल र प्रिया बर्णवाल तेस्रो भएकी थिइन् ।
त्यसैगरी छात्रतर्फबाट प्रथम राहुल गुप्ता, दोस्रो राजदेब चौधरी र सन्दिप पटेल तेस्रो स्थान हासिल गरेका थिए । ४०० मिटर दौडमा छात्रातर्फ समृद्धि श्रेष्ठ प्रथम, बैणब झा दोस्रो र प्रिया बर्णवाल तेस्रो भएकी थिइन् । ८०० मिटर छात्र तर्फ पृथ्बी यादव प्रथम, सन्दिप पटेल दोस्रो र सन्दिप यादव तेस्रो भएका थिए । छात्र स्लो साईकल खेलमा बैणब झा प्रथम, सृष्टि चौधरी दोस्रो र उषा साह तेस्रो भएकी थिइन् । छात्रा ४००× ४ रिलेमा रेशमा समृद्दि श्रेष्ठ प्रथम, प्रजिसा डंगोल दोस्रो र बैणब झा तेस्रो भएका थिए । बिजेता विद्यार्थीहरुलाई १९ गते शनिबार समापन कार्यक्रममा पुरस्कार दिने संकल्प शाक्यले जानकारी दिनु भएको थियो ।
त्यसैगरी वीरगंज पब्लिक कलेजले शुक्रबार छात्रा हैन्डबल प्रतियोगिता वीरगंजस्थित आदर्श स्कुलको प्रा·णमा सम्पन्न गरेको छ । सो खेल प्रतियोगितामा प्रथम बिबिए, दोस्रो प्लस टु मर्निङ र तेस्रो बिबिएसका छात्रा भएको कार्यक्रम संयोजक संकल्प शाक्यले बताए । शनिबार दिउँसो १ः०० बजे समापन तथा बिजयी टिमलाई शिल्ड र प्रमाणपत्र बितरण गरिने समेत उहोँ जानकारी दिए ।
समापन समारोह कार्यक्रम वीरगंजस्थित आदर्श स्कुलमा हुने स्कुलका प्रिन्सिपल हरिरत्न तुलाधरले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा वीरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्य, कलेज व्यवस्थापन प्रमुख संकल्प शाक्य, कलेजका हरि तुलाधर, शंकर श्रेष्ठ, अरबिन्द श्रेष्ठ, नमिता शाक्य सञ्चारकर्मी अजित कुमार भुजेल, सुनिल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।