सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा कम्बल वितरण

18

संतोष रन्जितकार
वीरगंज, १८ पुस ।
युवा वचन संस्थाद्वारा दिइएको कम्बलहरु वीरगंज कुम्हाल टोल सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीले गरिब, दलित तथा विफन्न वर्गका व्यक्तिहरुलाई शुत्रबार वितरण गरेको छ । विभिन्न दाताहरुसंग संकलन गरिएको १५० थान कम्बलहरु शुक्रबार समुदाय प्रहरी साझेदारी अन्तर्गत वितरण गरिएको हो ।
जाडोबाट कठ्याङ्ग्रिएर बसेका दलित, गरिब असहाय, विपन्न तथा वृद्धवृद्धाहरुलाई न्यानो होस भनी सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीले सो कम्बल वितरण गरेका हुन् । सो कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
त्यसैगरी सामुदायिक सेवा केन्द्र कुम्हालटोलले एक जना नयाँ सदस्यलाई मनोनयन गरेको छ । सेवा केन्द्रले शिव गोयललाई सदस्य पदमा चयन गरेको सेवा केन्द्रका उपाध्यक्ष सन्ध्या भट्टले जानकारी दिएकी थिइन् ।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष तथा सामुदायिक सेवा केन्द्र कुम्हालटोलका संरक्षक प्रदिप चौरसिया, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य जगत राई, नेपाल पत्रकार महासंघ पर्साका सचिवि युवराज खडका, पंकज अग्रवाल, वेलफेयर सोसाइटीका सुरेश रुंगटा, वडा प्रहरी कार्यालय बिर्ताका प्रनानी प्रेम बहादुर खत्री, नगवा प्रहरी चौकीका प्रनानी पुरुषोत्तम महतो, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सन्ध्या भट्ट, कोषाध्यक्ष सम्झना मल्ल, मुना दाहाल, इन्दिरा पोखरेल, भवानी घिमिरे, प्रहरी जवान कुमार विक र सुनिता विक लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।