अवैध रुपमा संचालित मदिरा भठ्ठी नष्ट

17

संतोष रन्जितकार
वीरगञ्ज, २० पौष ।
जिल्ला प्रहरी कार्यालय बाराले आइतबार बाराका बिभिन्न स्थानमा अबैध रुपमा सञ्चालित ८ वटा मदिरा भट्टी नष्ट गरेको छ ।
कलैया उपमहानगरपालिका वडा न. ८ बरेवामा सञ्चालित ६ वटा मदिरा भट्टी नष्ट गरेको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलिले ७ हजार लिटर रक्सि बनाउने कच्चा पदार्थ र ५० लिटर तयारी मदिरा समेत बरामद गरेको थियो ।
त्यसैगरी इलाका प्रहरी कर्यालय महेन्द्रआर्दश चिउटाहाले आदर्श कोतवाल गाउपालिका वडा न. ७ मा पनि मदिरा भट्टी नष्ट गरेको छ । यस्तै प्रहरी चौकी गञ्जभवानीपुरबाट खटिएको टोलिले महागढीमाई नगपालिकावडा न. १० बाट पनि २ वटा मदिरा भट्टी नष्ट गरेको प्रहरीले जनाएको छ ।
सो ठाउँबाट १ हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद समेत गरेको थियो । बरामद गरिएको कच्चा पदार्थलाई स्थानिय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।