उचित मुआब्जाको माग गर्दै सुख्खा बन्दरगाहको मुल गेटमा श्रीसिया बासीहरुद्वारा धर्ना

17

संतोष रन्जितकार
वीरगंज, २० पुस ।
श्रीसिया बासीले वीरगंज २५ सिर्सिया स्थित रहेको सुक्खा बन्दरगाहको मुल गेटमा आइतबार देखी पुनः धर्ना कार्यक्रम सुरु गरेका छन् । सुक्खा बन्दरगाह र एकिकृत चेकजांच चोकीको बिचमा रोक्का राखिएको जग्गाको उचित मुआब्जाको मांग गर्दै श्रीसिया बासीहरुले धर्ना सुरु गरेका हुन् । पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अन्तर्गत मुआब्जा संघर्ष समितिको आयोजनामा विहान ८ बजे देखी सांझ ८ बजे सम्म धर्ना कार्यक्रम चल्ने संघर्ष समितिले जनाएको छ । स्थानियहरुको धर्नाको कारण सुक्खा बन्दरगाह र एकिकृत जांच चोकी पूर्ण रुपले ठप्प भएको छ ।