अख्तियारद्वारा वीरगन्जको नापी कार्यालयमा छापा, ७५ हजार घुससहित सर्वेक्षक पासवान पक्राउ

46

संतोष रन्जितकार
वीरगंज, २१ पुस ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगंजको नापी कार्यालयमा छापा मारेर ७५ हजार रुपैया सहित कार्यालयका सर्वेक्षकलाई रंगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले सोमबार साँझ पर्साको नापी कार्यालयमा छापामारी गरि सर्वेक्षक राम नरेश पासवानलाई पक्राउ गरेको हो ।
अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईको नेतृत्वमा गएको टोलीले वीरगन्ज ९ रानिघाट स्थित नापी कार्यालय पर्सा अन्तरगत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो ।
सर्वेक्षक पासवानले जग्गा हाल साबिक गरी पुनः नापी जग्गा धनी प्रमाण पुर्जा बनाइ दिने भनी सेवाग्राही संग ७५ हजार घुसको रकम लिइ रहेको अवस्थामा र·ेहात पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।
घुसको रकम सहित पासवानलाइ आवश्यक कार्वाहीको लागि सर्जमिन मुचुल्ला उठाइ आयोगको कार्यालय हेटौंडा लगिएको उनले बताए ।