अज्ञात युवकको शव फेला, हत्या भएको प्रहरीको आशंका

15

संतोष रन्जितकार
वीरगञ्ज, २१ पुस ।
वीरगञ्जको ड्राईपोट–परवानीपुर सडक खण्डमा एक युवकको शव फेला परेको छ ।
अन्दाजी २५ बर्षका युवकको पहिचान खुल्न नसकेको तथा टाउको र घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले जानकारी दिएका छन् । ॅघटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको र युवकको सनाखत गर्न र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
धारिलो हतियारले काटेको चोट टाउको र घाँटीमा देखिएकोले युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ । स्थानीयले शव देखेपछि आइतबार साँझ प्रहरीलाई खबर गरेका थिए ।