गरिब असहायहरुलाई न्यानो कपडा तथा कम्बल वितरण

35

बारा, २१ पुस ।
बाराको प्रसौनी गाउँपालिकामा सोमबार गरिब असहाय व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँपालिकाको सहयोग र वडा नं. ३ को कार्यालय तथा इलाका प्रहरी कार्यालय प्रसौनीको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत न्यानो कपडा वितरण गरिएको हो ।
चिसोलाई मध्यनर गर्दै वडा न.३ नौतनका ५६ जनालाई कम्बल बितरण गरिएको प्रसौनी गाउँपालिकाका नासु लक्ष्मी साह कलवारले बताए ।
वडा अन्तर्गतका गरिब असहाय ७३ जनालाई विरण गर्नु पर्नेमा ५६ जनालाई मात्र वितरण गरिएको र अरु वाकी वडाध्यक्षको जिम्मा लगाइएको उनले जानकारी गराए । वडा अध्यक्ष बैधनाथ प्रसाद साह कानुको अध्यक्षता र गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक ओमप्रकाश यादव, गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेश कुमार साह लगायतको सहभागिता रहेको थियो ।
यस्तै प्रसौनी गाउँपालिकाको वडा नं. २ मा पनि कम्बल वितरण गरिएको छ । वडा नं. २ का वडाध्यक्ष सुरेश कुमार गुप्ताको अध्यक्षतामा वडा अन्तर्गतका एक सय २५ जनालाई कम्बल वितरण गरिएको नासु कलवारले जानकारी गराए ।