मेयर सरावगीद्वारा दलित बस्तीमा कम्बल वितरण

21

संतोष रन्जितकार
वीरगन्ज, २१ पुस ।
मध्यतराईमा बढेको सितलहरलाई मध्यनजर गर्दै सोमबार वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले कम्बल बितरण गर्नु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयाको दलित बस्तीमा आर्थिक अवस्था कमजोर भएका वृद्ध–वृद्धा, बालबालिका तथा महिला लगायतका परिवारहरुलाई नगर प्रमुख सरावगीले ८० थान कम्बल बितरण गर्नुभएको हो ।
कम्बल वितरण कार्यक्रममा नगर प्रमुखका राजनितीक सल्लाहकार मुकेश द्विवेदी, समाजबादी पार्टीका नगर अध्यक्ष ईश्वर यादव, उपाध्यक्ष रुस्तम अन्सारी, युवा नेता पिन्टु उपाध्याय, अजय साह, अमोद यादव, छोटेलाल साह, असलम अन्सारी लगायत नेता कार्यकर्ता र स्थानीयहरुको उपस्थिति रहेको थियो ।