वीरगंजलाई बर्बाद बनाउन मेयर सरावगी र नेका पर्सा सभापति द्विवेदी एकजुट

15

संतोष रन्जितकार
वीरगंज, २१ पुस ।
वीरगंज महानगरपालिकाको मूल सडक फराकिलो नबनाउन वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी र नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीबीच अघोषित सहमति भएको उजागर भएको छ । महानगरको मुल सडकको वरपर घर बनाएकाहरुले सर्वोच्च अदालतमा दिएको मुद्दा मिलाउन रु. २ करोडको नजराना उठाएर आफु अनुकुल फैसला गराउन तयारीमा जुटेको बताइन्छ । सोनालिका ट्रैक्टरका प्रोपराइटर संदिप तुलस्यानको घरमा पुस २० गते आइतबार मिटि· बसेको र मुल सडकका मारवाडी जग्गाधनीहरुसंग १ करोड २५ लाख र अन्य समुदायहरुसंग ७५ लाख चन्दा उठाएर नेकपा अध्यक्ष प्रचण्डका आफन्त मार्फत दुई करोड रुपैया घुस दिएर वीरगंजको भविष्य बर्बाद पार्ने योजना अनुरुप मेयर सरावगी र नेका पर्साका सभापति द्विवेदी होमिएका छन् ।