जंगली बदेलको आक्रमणबाट एक भारतीय महिला घाइते

15

सत्येन्द्र प्रताप सिंह
रौतहट, २२ पुस ।
रौतहटको गौर नगरपालिकामा दाउरा टिप्न गएकी एक भारतीय महिला जंगली बदेलको आक्रमणबाट घाइते भएकी छिन । मंगलवार बिहान करिब ११ः४५ बजेको समयमा गौर नगरपालिका वडा नं २ महादेवपट्टी देखि पश्चिम लालबकैया खोला स्थिति रहेको बाध स्थित भारतको जिल्ला सितामढी बैरगनिया वडा नं १ सेन्दुरीया टोलका शम्भु महतोको ३५ वर्षीय श्रीमती राधा देवीले दाउरा टिपी रहेको अवस्थामा एक्कासि जंगली बँदेलले आक्रमण गरेको थियो । जंगली बदेलले देवीको दाहिने खुट्टाको तिघ्रामा हिर्काउदा उपचारका लागि जिल्ला अस्पताल गौरमा ल्याए पश्च्यात तिघ्रामा १५ वटा टांका लगाईएको थियो भने हाल घाइते उपचारका लागि अस्पतालमा भर्ना भएकी छिन ।