डेकमा डुबेर एक शिशुको मृत्यु

10

सत्येन्द्र प्रताप सिंह
रौतहट, २२ पुस ।
रौतहटको राजपुर नगरपालिकाको वडा नं २ फतुहामहेशपुरमा खेल्दै गरेको क्रममा डुबेर मृत्यु भएको छ । मंगलवार बिहान करिब १० बजेको समयमा भारतको सितामढी वडा नं १० सोनौलका जफिर आलमको २ बर्षिय छोरा नजरे आलम आफ्नो आमासंग राजपुर नगरपालिकाको वडा नं २ फतुहामहेशपुरमा आफ्नो माइती घर बहिनीको बिहेमा आएकोमा सोही घर अगाडि डेकमा पानी रहेको थियो भने सोही पानी नजिक खेलीरहेको अवस्थामा डुबे पछी उपचारका लागि जिल्ला अस्पताल गौरमा ल्याउदा डाक्टरले मृत घोषणा गरेका थिए ।