सरस्वती कपडा उद्योगमा भीषण आगलागी

10

संतोष रन्जितकार
वीरगन्ज, २२ पौष ।
वीरगन्जको रेशमकोठी स्थित एक कपडा उद्योगमा भीषण आगलागी भएको छ । वीरगंज महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठी स्थित जवाहिर गुप्ता (मुन्ना) को सरस्वती कपडा उद्योगमा भीषण आगलागी भएको हो ।
आगलागीका कारण उद्योगको सम्पुर्ण मेशिन तथा मालसमान जलेर नष्ट भएको छ । आगोलाइ वीरगन्ज महानगरपालिकाको २ वटा बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको बारुण यन्त्रका अग्नि नियन्त्रक शेर बहादुर कार्कीले बताए ।
उद्योगमा अचानक साँझ ६ बजेको समयमा लागेको आगो ७ः४५ मा नियन्त्रणमा आएको थियो ।
बाटो साँघुरो भएका कारण बारुण यन्त्र घटना स्थलमा पुर्‍याउन नसेकोले आगो निभाउने समस्या भएको थियो । काम सकाएर उद्योग बन्द गरि बाहिरबाट ताल्चा लगाएका थियौ, अचानक साँझमा आगलागीको खबर सुनेपछि आफै अचम्मित भएको उद्योगका संचालक गुप्ताले बताए ।
आगलागीका कारण उधोगमा रहेको तयारी कपडा, मेटेरियल र मेसिन लगायतको माल समान जलेर नष्ट भएको र क्षतिको यथार्थ बिवरण जानकारी हुन नसकेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले बताएका थिए ।