जिल्ला अस्पतालमा रक्तदान कार्यत्रम सम्पन्न

12

सत्येन्द्र प्रताप सिंह
रौतहट, २३ पुस ।
रौतहटको जिल्ला अस्फतालमा बुधवार रक्तदान कार्यत्रम सम्पन्न भएको छ । अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष शेख जमसैदको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि गौर नगरपालिकाका मेयर अजय गुप्ता रहेका थिए ।
रक्तदान जीवन दान हो झनी आशा र विश्वासका साथ रक्तदान कार्यत्रमा मेयर गुप्ताबाट ऊद्घाटन गरिएको थियो । सो रक्तदान कार्यत्रममा नगरप्रमुख गुप्ताले ब्लडबैंक निर्माणका लागि नगरपालिकाबाट १५ लाख रुपैया छुटयाइएको र चाहिने जातिको सेवा दिन हामी तयार रहेको तथा सिसिटिभी क्यामरा समेत जडान भईसकेको बताए ।
सोही कार्यक्रममा बोल्दै अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष शेख जमसैदले अस्पताल ब्यवस्थापन गर्न धेरै कठिनाई भोग्नुका साथै आफ्नो कार्यकालमा डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी साथै सुरक्षाका लागि नगरप्रहरी परिचालन उपचारका लागि लाग्ने दस्तुरमा सुलभ रेटमा ब्यवस्थापन मिलाइको बताए । गौर अस्पताल रेफरल अस्पतालको नाउँमा नामकरण गरिएको तथा अब यसमा यो समस्या आउने छैन भन्ने शेखले प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
ऊक्त रत्तदान कार्यक्रममा सुरक्षा निकायका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अस्पतालका कर्मचारी, समाजसेवी नविन कुमार सिंह, संचारकर्मी, स्थानीय तथा अस्पताल कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको सहकार्य, गौर अस्पताल सन्चालन तथा ब्यवस्थापन समितीको आयोजनामा संचालन गरिएको थियो ।