जीपी फाउण्डेशनद्वारा जिल्ला स्तरीय गोल्डकप प्रतियोगिताको आयोजना गर्ने

8

वीरगंज २३ पुस ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गिरिजा प्रसाद कोईराला गोल्डकप प्रतियोगिताको आयोजना गर्ने भएको छ । फाउण्डेशनले माघ १८ गतेदेखि जिल्ला स्तरिय खेलको आयोजना गर्ने जनाएको हो ।
फाउण्डेशनको बुधबार बसेको बैठकले माघ १८ गतेदेखि जिल्ला स्तरिय खेलको आयोजना गर्ने र पर्साका सक्रिय दुई पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको फाउण्डेशन पर्साका सभापति मोहम्मद सहाबुदिनले बताए ।
सो जिल्ला स्तरिय फुटबल खेलमा पर्साका ८ टिमलाई सहभागी गराउने तथा प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार स्वरुप २५००० नगद र रनर अप हुनेलाई १५००० नगद पुरस्कार दिइने फाउण्डेशन पर्साले जनाएको थियो ।
फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको स्मृतिमा स्थानिय दुई पत्रकारलाई २१००० नगद राशी दिने निर्णय भएको सदस्य धिरज गुप्ताले जनाएका छन ।
मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकमा सह–सचिव मिंटु देवि सिंह, कोषाध्यक्ष मनोहर साह, हरिन्द्र यादव, दिलिपराज कार्की, रेफरी प्रशिक्षक गजेन्द्रमान सिंह श्रेष्ठ, प्रेस युनियन कोषाध्यक्ष लालकिशोर सिंह, समाजसेवी लालदेव यादव रहेका थिए ।