बच्चाहरुको बौद्धिक विकासको लागि पोषणतत्वमा ध्यान पुर्‍याउन आवश्यक ः मेयर सरावगी

21

वीरगन्ज, २३ पुस ।
वीरगन्ज महानगरपालिकाद्वारा वडा नम्बर २२ मा सुनौलो १००० दिन कार्यक्रमको आयोजना गरिएको छ । वीरगंज महानगरपालिका बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो १००० दिनका ५३ जना महिलाहरुलाई १५० थान मेवाको बेर्ना वितरण गर्दै पोषण तत्वको आवश्यकता बारे तालिम प्रदान गरिएको थियो ।
वीरगंज महानगरपालिका वडा नम्बर २२ को मनियारीमा बुधबार सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि महानगरपालिका नगरप्रमुख विजय कुमार सरावगीले बच्चाहरुको बौद्धिक विकासको लागी पोषण तत्वमा ध्यान पुर्‍याउनु आवश्यक रहेको सहभागीहरुलाई अनुरोध गरेका थिए ।
उहाले गर्भदेखि बच्चा जन्मेको २२ बर्षसम्ममा मुख्य विकास हुने भएकोले गर्भवती महिला र जन्मेको बच्चाहरुको पोषणतत्वमा ध्यान पुर्‍याउन आवश्यक भएको बताउनु भयो ।
वडा अध्यक्ष ग्यासुदिन मियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उर्मीला श्रेष्ठ र ओमप्रकाश रामले मेवाको बेर्ना रोप्ने तरिका र त्यसको जातीय बिशेषताको बारेमा जानकारी गराउनु भएको थियो ।
मनियारी जगरनाथपुरमा रहेका सम्पुर्ण गर्भवती महिलालाई चाहिने पोषणतत्वको आवश्कतालाई ख्याल गर्दै सबैलाई उन्नत खालका फलफुल दिने र आँगनमा समेत लगाउन सक्ने मेवाको बिरुवा सबैलाई प्रदान गरिएको थियो ।
ऊक्त कार्यत्रममा स्वस्थ्य महाशाखाका प्रमुख अरुण महतो, खानेपानी शाखा प्रमुख सुनिल श्रीवास्तव लगायत कृषि तथा पशुपंछी व्यवसाय प्रबर्द्धन महाशाखाका कर्मचारी र स्थानीयहरुको उपस्थित रहेको थियो ।