राजदेवी नगरपालिकाको चौथो नगरसभा सम्पन्न

21

सत्येन्द्र प्रताप सिंह
रौतहट, २३ पुस ।
रौतहटको राजदेवी नगरपालिकाको चौथो नगरसभा शान्ति पुर्वक सम्पन्न भएको छ । आब २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै नेपाल सरकारले १५ आवधिक योजना स्वीकृत गरी लागु गरेको हो । नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको नीती तथा कार्यक्रम र आवधिक योजनाको प्रभावकारी कार्यान्वयन गर्दै नतिजामूलक उपलब्धि ल्याउने गरि कृषि, शिक्षा, पर्यटन र पूर्वाधार रहेको समृद्धिको मुलआधारलाई मुलरुप दिन नगरपालिका प्रतिवद्ध रहने बताउदै विकास र सुशासन अभिबृद्धि गर्दै प्रभावकारी सेवा प्रभावको अधार केन्द्रको रूपमा स्थापना गर्दै जनतालाई पुर्‍याउनुपर्ने कृषि, शिक्षा, स्वास्थ्य, बिद्युत, खानेपानी तथा सरसफाई लगायतका सार्वजनिक सेवा सुविधाको प्रत्याभूति दिन नगरपालिकाको मुख्य भुमिका रहेको बताइएको थियो । सरकारी निजी गैर सरकारी समुदायीक क्षेत्रसंग साझेदारी शान्ति सुरक्षा रोजगारी अभिबृद्धि समाजिक सुरक्षा र मानव संसोधनको क्षमता बिकासमा सहयोगी भुमिका निर्वाह गर्दै स्थानीय सरकारको संयन्त्रबाट प्रवाह हुने सेवालाई समावेशी ब्यवसायीक प्रतिस्पर्धा सेवामुखी र स्वावलम्बी बनाउदै स्थानीय सरकारको सुशासनको संस्थागत बिकासमा जोड दिनुभयो । बिगत आ ब को संचित रहेको बजेट २ कडोड ९० लाख ६७ हजार ८०० सय नगर सभाबाट न्यायोचित हिसाबले विनियोजन गरिने न पाले जनाएका छन ।