खाद्य स्वच्छता सम्बन्धि अन्तरक्रिया कार्यत्रम सम्पन्न

2

संतोष रन्जितकार
वीरगंज, २४ पुस ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंज पर्साको आयोजना र वीरगंज उद्योग बाणिज्य संघको सह– आयोजनामा खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता प्रचार झेला तथा अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । वीरगंज उद्योग बाणिज्य संघको सभाहलमा बिहीबार डिभिजन कार्यालय वीरगंज पर्साका प्रमुख रत्नकान्त झाको सभापतित्वमा तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको थियो ।
खाद्य स्वच्छता कायम गराई उपभोक्ता हित संरक्षण कार्यमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको भुमिकाबारे कार्यालय प्रमुख रत्नकान्त झाले प्रस्तुतिकरण दिनु भएको थियो ।
त्यसैगरी उपभोक्ता हित संरक्षण मञ्च वीरगंज महानगर अध्यक्ष अजित कुमार भुजेलले खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता प्रचार दुई चार जनालाई भेला गराई होटेल र बन्द सभाहलमा गर्ने हो भने यसको कुनै अर्थ नहुने र यसको लागी ठाउँमा पुगि सचेतना गराउनु पर्ने, जनचेतना कार्यक्रम, नियमित अनुगमन, तालिम, यसबाट हुने असर, दण्ड–जरिवाना बारे जानकारी गराउनु पर्ने र अटेर गर्नेलाई सजाय दिनु पर्नेमा जोड दिनु भएको थियो ।
त्यसैगरी कन्जुमर आई नेपालका रन्जु कुमारी फुयालले अनुगमन गर्दा विभिन्न व्यापारीहरुले सडेगलेका, किरालागेको सामानहरु गोदाममा रहेको देखियो तथा त्यस्ता व्यापारीलाई कार्वाही हुनु पर्ने बताए ।
उपभोक्ता मंच वीरगंजका अध्यक्ष प्रा. डा. हरेराम ठाकुरले हामीले जति सुकै एक अर्कालाई आरोप र प्रत्यारोप लगाउनु भन्दा सबैले आ–आफ्नो ठाउँबाट यस सम्बन्धमा काम गर्दै जानु पर्दछ ।
कार्यक्रममा बिरगंज महानगरपालिकाका खाद्य अधिकृत बिपिन कुमार लाल दासले हाम्रो प्रयास जारी छ, तर हाम्रो एक्लो प्रयासले माक्र नहुने, यसको लागी सबै तहको सहयोग र समन्वयको आवश्यक रहेको बताएका थिए ।
सो कार्यत्रममा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका निमित्त कार्यालय प्रमुख ओमनारायण शर्मा, वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, राष्ट्रिय उपभोक्ता मंच पर्साका बिजय कुमार रौनियार, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरी, ग्वाला डेरि हबका राजेश कुमार राय, श्री साई वाटरका प्रेम कुमार झा, अनमोल स्विटसका पप्पु सर्राफ, सन्चारकर्मी नितेश कर्ण, जाकिर हुसेन, पन्कज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सन्चालन खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्राबिधिक सहायक एवं सूचना अधिकारी श्रवण साहले गर्नु भएको थियो ।