मेयर सरावगीको चम्चा खुश, सचिवालय रुष्ट

24

वीरगंज, २४ पुस ।
गरिब र विपन्न वर्गलाई दिन–रात कम्बल बाड्दै हिड्ने र आफ्नो भजन मण्डलीमार्फत सामाजिक सञ्जाल फेसबुकमा एक्सनमा मेयर, जनताको मेयर जस्तै शब्दचित्र कोरेर जनता झुक्याउन खप्पिस व्यापारी मेयर सरावगीका सचिवालयका कर्मचारीहरु एकदम दुःखी भएको बताइन्छ । मेयरको चाकडीमा व्यस्त रहनेले मलाई मलाई मार्ने तर सचिवालयमा बस्नेहरुलाई चिया नास्ताको लागि गाह्रो भएको बुझिएको छ । कामभन्दा बढी प्रचारबाजीमा रमाउने मेयर सरावगीमा दिन–प्रतिदिन दम्भ पलाउंदै गएको कारणले समस्या उत्पन्न भइरहेको छ ।