मेयर सरावगीद्वारा अर्थमन्त्रीको अपमान

5

संतोष रन्जितकार
वीरगंज, २५ पुस ।
वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीको अमर्यादित व्यवहार बारे चारैतिर चर्चा चल्न थालेको छ । जनताको काम भन्दा बढी अनावश्यक सभा गोष्ठी उद्घाटनमा सहभागि हुने तर बस्नु र सिक्नु पर्ने कार्यक्रममा ढिलो पुग्ने र आफुले बोली सकेपछि कार्यक्रम छोडेर भाग्ने प्रवृति देखाएको बारे पुष २५ गते होटेल भिस्वामा उद्योगपति व्यापारीहरुले उनको कुरा काट्दै थिए । नगरप्रमुखमा निर्वाचित भएपछि ॅअजासु’ अति जान्ने सुन्ने प्रवृत्तिका मेयर सरावगीले देश कै अर्थमन्त्री डा. युवराज खतिवडाको अपमान गरेको व्यापारीहरु होटेल भिस्वामा चर्चा गरे । कार्यक्रम स्थलमा अर्थमन्त्री डा. युवराज खतिवडा भन्दा पछि आएको र आफु बोलेपछि कार्यक्रम छोडेर टाप ठोके ।
जबकि सिमराको फ्लाइट कैन्सिल भएपछि काठमाण्डौंबाट भरतपुर फ्लाइटबाट आई त्यहाँबाट मोटर चढी ढिलै भएपनि अर्थमन्त्री डा. खतिवडाले विशेष महत्व दिएर वीरगंज उद्योग वाणिज्य संघको कार्यक्रममा आएका थिए ।