वीरगंज महानगर कुरुप बन्दै

24

संतोष रन्जितकार
वीरगंज, २४ पुस ।
वीरगंजको विभिन्न स्थानमा रहेका बिजुलीका ट्रान्सफर्मर पोलहरुमा महानगरले विज्ञापन बोर्ड झुन्डयाएर वीरगंजलाई कुरुप बनाएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रवेश गरेपछि देशको विभिन्न स्थानहरुमा पर्यटकहरुलाई स्वागत गर्नको लागि विभिन्न किसिमका सजावट गरिरहेको समयमा वीरगंज महानगर कुरुप देखिएको जनगुनासो आउन थालेको हो ।
वीरगंज महानगरपालिकाले करौडो कमिशनको खेलमा ठेकाप्रथाको कारण ठेकेदारले विद्युतको पोलमा जहाँतहा बोर्ड लगाउदै राम्रो वीरगंज हाम्रो वीरगंजलाई कुरुप पार्दै आएको स्थानीयहरुको भनाइ रहेको छ ।
सोही क्रममा विद्युतका अधिकारीलाई सोको बारेमा बुझ्दा आफुलाई जानकारी नभएको र सो बोर्डहरुलाई तीन दिन भित्र हटाउन रेडियोमा सूचना समेत सम्प्रेषण भईरहेको जानकारी दिनु भएको थियो र तीन दिन भित्र सो बोर्डहरु नहटाएमा विद्युत प्राधिकरणले आफै हटाउने र सो कार्य गर्ने ब्यक्तीलाई कारवाही समेत गर्ने जानकारी दिएका थिए ।