एक अज्ञात युवकको शव फेला

14

संतोष रन्जितकार
वीरगंज २५ पौष ।
वीरगंज महानगपालिकामा एक अज्ञात युवकको शव फेला परेको छ । बीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा अन्दाजी २८/३० बर्षको अज्ञात एक युवकको शव फेला परेको हो ।
शुक्रबार दिउसो दुई बजेको समयमा पानीमा डुबेको अवस्थामा शव फेला परेको देखेर स्थानियले प्रहरीलाई खबर गरेका थिए । थाह पाए लगतै प्रहरी घटना स्थालमा पुगी शवको प्राकृतिक हेर्दा करीब एक हप्ता दिन अगाडी बाट नै शव पानीमा रहेको जस्तो देखिएको प्रहरीले जनाएको थियो ।
फेला परेको शवलाइ प्रहरी चौकी बसपार्क र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा घटनास्थलमा पुगेको प्रहरीको टोलीले शवको पोस्टमार्टम गर्नको लागी नारायणी अस्पतालमा पठाएको र घटनाको बारेमा अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।