क्यान महासंघ पर्साको भोलेन्टियर मिट सम्पन्न

23

संतोष रन्जितकार
वीरगंज, २६ पुस ।
कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ पर्सा (क्यान महासंघ) को भोलेन्टियर मिट सम्पन्न भएको छ ।
क्यान महासंघ पर्साले क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा आगामी माघ ९ देखि १३ गते सम्म वीरगंजको नगर सभागृह (टाउन हल) मा आयोजना गर्न लागेको क्यान इन्फोटेक २०२० का लागि स्वयंसेवक (भोलेन्टियर) मिट शनिबार सम्पन्न भएको हो ।
वीरगंज महानगरपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा लगभग ४५ सहभागीलाई सृजनशिल युवाहरुको समुह संस्कृतिकी अध्यक्ष शैली चौधरीले सहभागीहरुलाई नेतृत्व विकास र भोलेन्टियरशिप बारे अभिमुखीकरण गरेकी थिइन् ।
चौधरीले भोलेन्टियर रुपमा काम गर्नको लागि नेतृत्व विकास गर्न महत्वपूर्ण रहेको बताईन । उनले भोलेन्टियरशिप नेतृत्वमा पुग्ने पहिलो सिढी भएको बताउदै सबैलाई कुनै पनि हिसाबले भोलेन्टियर गर्न आवश्यक भएको बताईन् ।
कार्यक्रममा क्यान महासंघ पर्साका सह–सचिव गणेश सर्राफ, सदस्यहरु सुरज बाबु पटेल, आँशु कुमार सर्राफ, पुनम सर्राफ, निक्की रौनियार, दिलिप चौधरी, रंजन कुशवाहा र संस्कृतिका किरण गिरी, मनिषा शर्मा, विवेक बरनवाल, आयुष पोख्रेल लगयातको उपस्थिति रहेको थियो ।