गणेश बचत सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

23

संतोष रन्जितकार
वीरगंज, २६ पुस ।
जय गणेश बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सांसद शेखचाँद ताराले सभाको उद्घाटनको गर्दै आर्थिक क्षेत्रमा सहकारीहरुको भुमिका महत्वपुर्ण रहेको र साना व्यवसायीहरु समेतले सहकारीमा लागानी गरेर व्यवसायी बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष ममता गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका संचालक शम्भु गुप्ता, नेप्सकुन संस्थाका संचालक हरेराम पटेल, को–ओपरेटिभ मैनेजर क्लबका अध्यक्ष जिष्णु बराल, पर्सा बार एसोशिएनका पुर्व अध्यक्ष पन्नालाल गुप्ता, विस्को लिमिटेडका डिल्लीविक्रम कार्की लगायतको उपस्थिती रहेको थियो ।
ऊक्त कार्यत्रमको सहजिकरण निलिमा पौडेलले गरेकी थिइन् ।