चोरी गरेको आरोपमा एक पक्राउ

16

संतोष रन्जितकार
वीरगंज, २६ पुस ।
पर्साको पोखरीया नगरपालिका वडा नम्बर ६ बाट चोरीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाले श्रीसिया निवासी २२ बर्षीय हजरत अलीलाई पक्राउ गरेको हो ।
पुस २४ गते बिहिबार राती पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरीया निवासी हेमन साह कानुको घरमा चोरी भएको थियो । रातीको समयमा अज्ञात व्यक्तिले कानुको घरबाट साईकल र नगद रुपैया चोरी गरी फरार भएका थिए । अनुसन्धानको क्रममा गोप्य सुचनाको आधारमा अलीलाई साईकल सहित शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।