जीपी फाउण्डशेनद्वारा प्रथम प्रदेश स्तरीय गोल्डकपको समितिहरुको चयन

11

वीरगंज २६ पुस ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जीपी प्रथम प्रदेश स्तरिय गोल्डकपको समितिहरुको चयन गरेको छ ।
जीपी फाउण्डेशनको शनिबार बसेको बैठकले माघ १८ गते देखि प्रदेश स्तरिय हुने गोल्डकपका लागि फाउण्डेशनले खेलकुद समिति तथा उप समितिहरुको गठन गरेको हो ।
जिपी फाउण्डेशन पर्साका सभापति मोहम्मद शहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकले जीपी प्रथम गोल्डकपका विभिन्न उप समितिहरुको गठन भएको फाउण्डेशनका सदस्य धिरज गुप्ताले जनाएका छन ।
फाउण्डेशनले ५० सदस्यीय मुल समितिको चयन गरेको छ भने ९ उप समितिले सर्म्पुण गतिविधि तथा व्यवस्थापन मिलाउने निर्णय गरेको मुल समितिका अध्यक्ष मोहम्मद शहाबुद्दिनले जनाए । बैठकले पुरस्कार तथा अतिथि सत्कार समितिमा मिंटु देवि सिंह, मञ्च तथा ग्राउण्ड व्यवस्थापन समिति धिरज कुमार गुप्ता , अर्थ समितिमा मनोज राउत कुर्मी, प्रचार–प्रसार समितिमा शेखर छतकुलि, इरफान अलि तथा लाल किशोर सिंह, होटल तथा खाना व्यवस्थापन समिति सन्तोष सिंह, प्राथमिक उपचार समिति जयमोद ठाकुर, यातायात समिति जयमंगल काफर लगायतका व्यतिहरुलाई जिम्मा लगाएको छ ।
फाउण्डेशन पर्साका सभापति मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकमा विशेष अतिथि माननिय ओम प्रकाश शर्मा , मनोहर साह, दिलिपराज कार्की, वडा नं १५ का वडाध्यक्ष गजेन्द्र पटेल, कालु सिंह, जितेन्द्र सिंह, शेख निजामुदिन, कमलेश कुमार कर्ण अख्तर अंसारी, नगेन्द्र चौधरी लगायतका फाउण्डेशन पर्साका सदस्य तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।