भिस्वा युवा क्लबद्वारा भिस्वा डाँडामा सरसफाई कार्यक्रम सम्पन्न

21

वीरगंज स्थित भिस्वा डाँडामा पनि वृहत सरसफाई गरिएको छ । वीरगंज महानगरपालिका वडा नं– १५ मा रहेको भिस्वा डाँडा पर्यटकीय क्षेत्र रहेकोले भिस्वा युवा क्लबले वृहत सरसफाई गरेको हो । भिस्वा यूवा क्लवकाको अध्यक्ष उदय नारायण कुशवाहाको अध्यक्षतामा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा क्लबका सदस्यहरु, राईनो यूवा क्लब, महानगरपालिका कर्मचारीहरू, चण्डी प्रसाद गण वीरगंजका जमदार मिथराज श्रेष्ठको कमान्डमा रहेको २६ जना सेना जवान, सशस्त्र प्रहरी सहायक निरिक्षक रमेश घिमिरको कमान्डमा रहेको टोली, नेपाल स्काउट लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।