वातावरण जिउने आधार संस्थाद्वारा जनचेतनामूलक सरसफाई कार्यक्रम

10

अमित वर्णवाल
वीरगंज, २६ पुस ।
वातावरण जिउने आधार संस्थाले वीरगंज महानगरपालिका वडा नं. १२ को सहयोगमा शनिबार जनचेतनामूलक सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सो जनचेतनामूलक सरसफाई वीरगंज महानगरपालिका वडा नं. १२ को कार्यालयदेखि मुर्ली पोखरा सम्म गरिएको हो ।

सो सरसफाई वातावरण जिउने आधार संस्थाको पर्सा शाखा अध्यक्ष रोहित वर्णवालको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रममा वडा नं. १२ को कार्यसमिति सल्लाहकार घनश्याम साह र वातावरण जिउने आधार संस्थाका पर्सा शाखा अध्यक्ष रोहित वर्णवालले सो टोलको प्रत्येक घरको मानिसहरुलाई फोहर जथाभावी नफाल्नुस् जथाभावी फोहर फाल्दा विभिन्न समस्याहरु आउने गरेको र यसले रोगहरु समेत लाग्ने भएको हुनाले यसलाई घरमा जम्मा गरेर राख्नुस र बिहानको समयमा नगरपालिकाको गाडी आउंदा त्यसमा फालिदिनुस् भनेर चेतना फैलाएका थिए । त्यसैगरी अध्यक्ष वर्णवालले फोहरमैलाको व्यवस्थापन सम्बन्धी केही जानकारीहरु समेत दिएका थिए । उनले वीरगंजलाई फोहरमैला मुक्त बनाउने अभियान अन्तर्गत नै यो जनचेतनामूलक सरसफmाई कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।

कार्यत्रममा संस्थाका उपाध्यक्ष सौरभ गोयल, सचिव प्रभात सिंह, कार्यक्रम संचालक प्रभाकर चौरसिया, कोषाध्यक्ष साहिद नवाज, जनसम्पर्क अधिकारी अमित वर्णवाल, सदस्यहरुमा, शुशिला पौडेल, प्रिती साह, श्रुति महतो, पवन पटेल, आयुष वर्णवाल, वीरगंज महानगरपालिकाका नाइके तथा सरसफाई टोलीहरु लगायत स्थानीय बासीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको संचालन संस्थाका प्रभाकर चौरसियाले गरेका थिए । सो सरसफाई कार्यक्रम निरन्तर रुपमा प्रत्येक शनिबार गर्ने चौरसियाले जानकारी गराएका थिए ।