नेपाली कांग्रेस पर्साद्वारा घरदैलो

संतोष रन्जितकार
वीरगंज, २७ पुस ।
नेपाली कांग्रेस पर्साले आइतबार तेस्रो दिन वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ मा घरदैलो सम्पन्न गरेको छ । जनतासँग सधै काँधमा काँध मिलाएर अघि बढिरहेको नेपाली कांग्रेसले जनताको घरदैलोमा पुगेर उनीहरुका समस्या र गुनासो सम्बोधनको प्रयास गरेको नेता अनिल रुंगटाले बताए ।

घरदैलोको क्रममा वडाबासीहरुले खानेपानीको समस्या, फोहरमैलाको समस्या, बोरिङको समस्या, युवा क्लबहरुमा खेल सामग्रीको अपुग, शिव मन्दिरको मर्मत संभारको आवश्यकता लगायतका विविध बिषयमा गुनासोहरु गरेका थिए ।
नेपाली कांग्रेस पर्साको घरदैलोमा महानगरपालिकाकी उपमेयर शान्ति कार्की, पूर्व सांसद अनिल रुंगटा, जिल्ला सभापति अजय द्विवेदी, नगर सभापति भोला कलवार, अरविन्द गुप्ता, विजय सर्राफ लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.