पृथ्वीनारायण शाहको २ सय ९८ औं जयन्ती धुमधामका साथ मनाइयो

19

संतोष रन्जितकार
वीरगंज, २७ पुस ।
पृथ्वीनारायण शाहको २ सय ९८ औ जयन्ती एवम् राष्ट्रिय एकता दिवस आज पनि वीरगंजमा धुमधामका साथ मनाईएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले बीरगंजको घण्टाघरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी समाजसेबी उषा शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै वर्तमान सरकारले नचाहेको खण्डमा बिदा दिने गरेको र पृथ्वीनारायण शाहको जयन्तीमा बिदा नदिने गरेकोमा आपती जनाउनु भयो । वहाँले हामी सम्पूर्ण जनता मिलेर यो सरकारको बिरोध गर्नु पर्ने कुरामा जोड दिनुभयो । बीरगंज महानगर पालिकाका उपमेयर शान्ति कार्कीले पृथ्वीनारायण शाह नेपाल र नेपालीको बुबा हुन वहाँलाई कहिले पनि बिर्सन नहुने कुरामा जोड दिनुभयो । मानव सेवा संस्थाका संरक्षक डा. दिपक शाक्यले आजको परिवेशमा सम्पूर्ण जनता एक हुनु पर्ने कुरा औल्याउनु भयो ।
समाजसेवी एवम् राष्ट्रबादी पशुपति बिक्रम शाहले अहिलेको परिस्थितमा एकजना पृथ्वीनारायण शाह जस्तै बीर पुरुषको खाँचो रहेको हुँदा फेरी नेपालमा पृथ्वीनारायण जनमिनु पर्ने आवश्यक्त रहेको चर्चा गर्नुभएको थियो । उहाँले विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्र रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सि·ो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो । वहाँले पृथ्वीनारायण शाह राष्ट्रका पिता भएको हुनाले उहाँलाई बिर्सन गाह्रो रहेको बताउनु भयो ।

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रममा श्री चण्डी प्रसाद गणका गणपति प्रमुख मदन जंग राणा, संयुक्त राप्रपाका केन्द्रिय सदस्य रामबहादुर थापा, नागरिक संघर्ष समिती पर्साका जिल्ला अध्यक्ष दिनानाथ यादव, पूर्व जिविसका जिल्ला सभापति शम्भु प्रसाद चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्काले सम्पुर्ण नेपाली जनता एक नभए सम्म चारवर्ण ३६ जातका फुलवारी असुरक्षित रहेको भन्ने कुरामा जोड दिएका थिए ।
यसैबीच कार्यक्रममा २२ जना महिलाहरु शौल बितरण गरिएको प्रेस संयोजक प्रणय कुमारले बताउनुभयो । सो कार्यक्रममा सम्पूर्ण अतिथीहरुलाई मंचका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरही, नगर अध्यक्ष उपेन्द्र बरैले माला लगाई स्वागत गर्नुका साथै मायाको चिनो समेत प्रदान गरेका थिए । लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतमले कार्यक्रममा स्वागत भाषण गर्नु भएको थियो ।